२१ पुष २०७२, मंगलवार

काठमाडौं । कृषि विकास मन्त्रालयले अन्नको भण्डार मानिने तराई भेगका कृषकका गुनासा सुन्न घरदैलो अभियान सुरु गर्ने भएको छ । नाकाबन्दीका कारण थलिएका कृषकको वास्तविक अवस्था बुझ्न कृषिमन्त्री हरिबोल गजुरेलसँगै मन्त्रालयका उच्चपदस्थ अधिकारीका चार टोली माघ लागेपछि तराई जाने तयारीमा रहेको कारोबारमा खबर छ ।

mah bhotauliya kulhua 2-4-013 (59)

मन्त्रालयको नीति तथा कार्यक्रम तय गर्न भूमिका खेल्ने पदाधिकारी सम्मिलित टोलीले नाकाबन्दीका कारण कृषकमा परेका असर, कृषि कार्यक्र कार्यान्वयनको अवस्था, मातहत कर्मचारकिा कमी कमजोरीलगायत विषयमा सुक्ष्म अध्ययन गर्ने मन्त्रालयले जनाएको छ ।

हालैको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार सुरु हुन लागेको यो अभियानअन्तर्गत तराईका १९ जिल्लाबाट गुनासा संकलन गरी आवश्यकताअनुसार नीति तथा कार्यक्रममै हेरफेर गरिने मन्त्रालयको दाबी छ ।

 

LIVE TV