
भारतको दक्षिणपूर्वी राज्य मणिपुरमा आएको ६.७ रेक्टरस्केलको भूकम्पको नेपालको वैशाख महाभूकम्पसँग कुनै सम्बन्ध नभएको विज्ञहरुले बताएका छन् । सोमबार बिहानै मणिपुरको राजधानी इम्फाल नजिक आएको भूकम्पमा परी अहिलेसम्म ९ जनाले ज्यान गुमाएका छन् । भूकम्पको धक्का वर्मा, बंगलादेश र नेपालमा पनि महसुस गरिएको थियो ।
‘यो भूकम्पको नेपालमा गएको भूकम्पसँग कुनै सम्बन्ध छैन । यो त्यसको परकम्प होइन,’ भारतीय भूगर्भशास्त्र अध्ययन संस्थानका विज्ञ आए. धारुमनले बताए । मणिपुर भारतमा भूकम्पको उच्च जोखिममा रहेको क्षेत्र मानिन्छ । कान्तिपुरले छापेको छ ।