२१ पुष २०७२, मंगलवार

काठमाडौं । नेपाली सेनाको हेलिकप्टर अचानक खराब हुँदा प्रधानमन्त्रीसहित विशिष्ट पाहुना करिब दुई घन्टा ललितपुरको गिम्दीमा अलपत्र परेका छन् ।

kp oli

प्रधानमन्त्री केपी शर्मा ओली, सहायक मन्त्री विराजबहादुर विष्ट, सचिव लक्ष्मीप्रसाद ढकाल र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीले करिब दुई घन्टा स्थानीयका समस्या सुन्ने र मोबाइलमा सेल्फी खिच्दै बिताएको नागरिकमा खबर छ ।

गिम्दीमा आयोजित एक औपचारिक कार्यक्रम सकेर र्फकँदा चढेर आएको नेपाली सेनाको हेलिकप्टर बिग्रिएको थियो ।

 

LIVE TV