
पूर्वअर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा सम्मानित भएका छन् ।बेलायतको प्रख्यात म्यागेजिन‘दी ब्यांकर म्यागेजिन’ले आफ्नो सन् २०१६ को अंकमा नेपाली कांग्रेसका नेता समेत रहेका अर्थमन्त्री महतलाई सन् २०१५ को विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रुपमा सम्मानित गरेको हो।
वैशाख १२ विनाशकारी भूकम्पपछिको विपद् व्यवस्थापन, उद्धार तथा पुनरस्थापन अभियानमा अर्थमन्त्रीका रुपमा उनले निर्वाह गरेको भूमिका उदाहरणीय रहेको उल्लेख गर्दै महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा चुनिएको ‘दी ब्यांकर म्यागेजिनु सन् २०१६ को पहिलो अंकमा उल्लेख छ।
भूकम्पपछिको पुननिर्माणमा सहयोग जुटाउन सरकारले आयोजना गरेको दाता सम्मेलनको समन्वय र साढे ४ अर्बभन्दा बढी सहयोग जुटाउन पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। भूकम्पछि वैकिंङ कानुनमा सकारात्मक परिवर्तन गरेर युवाहरुलाई सहजरुपमा ऋण लिन सक्ने वातावरण मिलाएको श्रेय पनि महतलाई दिइएको छ।