२० पुष २०७२, सोमबार

सिमाक्षेत्रबाट अत्यधिक मात्रामा पेट्रोलियम पदार्थको तस्करी भई राजधानी काठमाण्डौ जान थालेपछि मोरङ प्रहरीले पेट्रोलियम पदार्थको तस्करी नियन्त्रण अभियान शुरु गरेको छ । सोमवार देखि शुरु भएको अभियानका क्रममा विराटनगर बसपार्क, सिमानाका र मटेरवाबाट ठूलो मात्रामा एलपी ग्याँस सिलिण्डर र पेट्रोल र डिजल बरामद गरेको छ । विराटनगर बसपार्कबाट राजधानी काठमाण्डौ लैजान लागिएका १ सय वटा सिलिण्डरहरु बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । राजधानी जाने बसहरुले समेत अहिले यात्रु भन्दा पेट्रोलियम पदार्थ र एलपी ग्याँसका सिलिण्डरहरु बढी बोक्ने कार्यमा लागेको पाइएको छ । एउटा ग्याँस सिलिण्डर राजधानी पु¥याएवापत बसले ५ सय रुपैया लिने गरेको सिलिण्डर ओसारपोसारकर्ताहरु बताउछन् । यसैगरी केही ग्याँस उद्योगहरु समेत सिलिण्डर तस्करीमा लागेका छन् । छापामारीको क्रममा कोशी ग्याँसका १४ केजी तौलका तीन वटा सिल लागेका सिलिण्डरहरु पनि भेटिएका छन् । सरकारले अहिले ७ किलो १ सय ग्रामको मात्र सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ । पेट्रोलियम तस्करीमा संलग्न व्यक्तिहरु मात्र नभई ग्याँस उद्योगहरुलाई पनि कारवाही अगाडि बढाइने मोरङ प्रहरीले जनाएको छ ।

gas

प्रतिक्रिया दिनुहोस्
LIVE TV