२० पुष २०७२, सोमबार

नवलपरासीमा नेपालमै पहिलो वृद्ध गौ–आश्रम स्थापनाका लागि तयारी अघि बढाईएको छ । नवलपरासीको रजहरमा सामुदायिक प्राकृतिक चिकित्सालयको अगुवाईमा उत्पादन दिन छाडेका, सडकमा छाडिएका वृद्ध गाई र बाच्छा व्यवस्थापनमा देशमा नै पहिलो आश्रमको रुपमा वृद्ध गाईका लागि बृद्धाश्रम र वाच्छाका लागि आश्रम स्थापना कार्य अघि बढाईएको हो । पहिलो चरणमा एक सय अनुत्पादक गाई बाच्छाको ब्यबस्थापनबाट सुरु गर्न लागिएको बाल तथा वृद्ध गौ–आश्रम स्थापनाले पशु पालन गर्ने किसानहरुलाई थप प्रोत्साहन मिल्ने किसान अनुवा गोपाल श्रेष्ठले बताउनुभयो । गिद्धहरुको संरक्षणका लागि स्थापित जटायू रेष्टुरेण्टसंग समन्वय गरी मृत गाईको व्यवस्थापनको समेत योजना बनाएर कार्य योजना अघि बढाईएको छ ।

lumbini
नेपालमा अनुत्पादक गाई बाच्छा ब्यबस्थापन चुनौतीको रुपमा देखा परेकाले नवलपरासीमा नुमनाको रुपमा बाल तथा वृद्ध गौ–आश्रमको स्थापना गर्न लागिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु बिकास अधिकृत शंकर शाहले बताउनुभयो । आश्रममा बाल तथा वृद्ध गाईको पालन पोषण ,घाँस एवं चरन क्षेत्रको ब्यवस्थापन पराल, दानाको ब्यवस्थापन,औषधि उपचार ,गाई बाच्छा बोक्ने गाडी र गौ राख्ने ठाउँ र गोठको व्यवस्थापन गरी आश्रमको स्थापना गर्न लागिएको छ । पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. बिमल कुमार निर्मलले किसानहरुको प्रमुख समस्या अनुपादक गाई र बाच्छा ब्यबस्थापन रहेको भन्दै त्यसको लागि गौशाला निर्माण गरी त्यसलाई ब्यबस्थापन गर्न सकिने बताउनुभयो । बाइट
नवलपरासी, रुपन्देही र चितवनमा गरी करिब अनत्ुपादक गाई बाच्छाको संख्या ७० हजार रहेको अनुमान गरिएको छ ।

LIVE TV