२० पुष २०७२, सोमबार

राज्यद्धारा परिचालित निकायको निष्कृयताका कारण बाराबाट सञ्चालित यातायात व्यवसायीहरुले व्यापक अनियमितता गर्दै आएका छन् । यहाँबाट सञ्चालित बस तथा टाटासुमो व्यवसायीहरुले दैनिक रुपमा हजारौं यात्रुहरुबाट तोकिएको मूल्य भन्दा बढी रकम असुल्दै आएका छन् । संयुक्त मधेशी मोर्चाको बन्द, आन्दोलन तथा नाकाबन्दीको फाइदा उठाउँदै बाराको सिमरा देखि मुलुकको बिभिन्न भागमा आउँने जाने गरेका यात्रुहरुबाट बस तथा टाटासुमो व्यवसायीहरुले सरकारद्धारा निर्धारण गरिएको भाडा भन्दा झण्डै दोब्बर भाडा असुल गर्ने गरेका छन् । नाकाबन्दीको कारण देखाउँदै बाराको सदरमुकाम कलैया र पर्साको बीरगंजबाट चल्ने यात्रुबाहक बस तथा टाटासुमो संचालकहरुले यात्रुहरुबाट मनपरि ढंङ्गले चर्को भाडा असुल्दै आएका हुन् । सरकारले काठमाडौंबाट सिमरा र सिमराबाट काठमाडौंको भाडा ६ सय ५० रुपैयाँ कायम गरेपनि अहिले यस क्षेत्रका बस तथा टाटासुमोका संचालकहरुले एक हजार देखि एक हजार दुई सय रुपैयाँ सम्म भाडा असुल्दै आएको पीडित यात्रुहरुले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV