२० पुष २०७२, सोमबार

लामो वहस र प्रयास पछि पशुपति आर्यघाटमा अब भने विद्युतीय शवदाह गृहको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रत्येक दिन सयौं व्यक्तिको अन्तिम संस्कार सम्पन गरिने आर्यघाटमा विद्युतीय शवदाह गृहको आवश्यकता धेरै अघि महसुस गरिएपनि पशुपति क्षेत्र विकास कोषले शवदाह गृहलाई वल्ल साकार रुप दिन लागेको हो । पशुपति क्षेत्र विकास कोषले चार बर्षको योजनामा निर्माण गरेको विद्युतीय शवदाह अब छिटै कार्यान्वयनमा ल्याउने भएको छ । छोटो समयमा काम सम्पन्न हुने र बातावरणमा कुनै असर नपर्ने भएकाले सबैले यस्को निर्माण र कार्यान्वयनमा जोड दिदै आएका थिए । विद्युतीय शवदाह गृहको कार्यान्वयनपछि दाउरा प्रयोगमा कमी आउनेछ भने पशुपति क्षेत्रको वातावरणमा पनि सुधार आउने छ । कोषले गत भदौमा नै शवदाह गृहमा दुई जनाको शवदाह गरी सफल परीक्षण गरेको थियो । बिभिन्न कारणले निर्माणमा समय लागेपनि अब भने शवदाह गृहलाई चाँडै निरन्तर प्रयोगमा ल्याउने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बताउनुभयो । उँहाले विभिन्न भौतिक पुर्वाधारहरुको निर्माण पुरा भइसकेपनि भवन वरिपरिको स्थिति व्यवस्थित नभएका कारण केही बिलम्ब भएको बताउनुभयो । सुवेदीका अनुसार यही पुष महिनाभित्रमा शवदाह गृह सञ्चालनमा आउने छ । कोषाध्यक्ष सुवेदीका अनुसार विद्युतीय शवदाह गृहमा प्रयोग गरिने यन्त्रले एउटा शवको अन्त्येष्टि गर्न करिब ४५ मिनेटको समय लाग्ने छ । विद्युतीय शवदाह गृह निर्माणका इन्चार्ज नवराज खडकाले शवदाह भवनको आवश्यक पुर्वाधारहरुको निर्माण सम्पन्न भएको र ४ सय ४० भोल्टका दुईवटा विद्युतीय यन्त्रको समेत सफल परीक्षण भएकोले चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । पशपति क्षेत्र विकास कोषले करिब १३ करोड खर्च गरी विद्युतिय शवदाह भवन निर्माण गरेको हो । विद्युतको सहयोगले शवदाह गर्ने योजना निकै अत्याधुनिक भएकाले सरल, सुलभ र छिटो छरितो हुने विश्वास सबैको छ ।

 

vlcsnap-2016-01-04-18h09m39s78 vlcsnap-2016-01-04-18h10m22s208 vlcsnap-2016-01-04-18h10m48s217

LIVE TV