२० पुष २०७२, सोमबार

रजनी के.सि.ले अभिनय गरेकी फिल्म परदेशीको ठुलो सफलता पश्चात खुट्टा भुँईमा हुने कुरै भएन । आफु भन्दा सिनियर व्यक्तिहरु सँग काम गर्न पाउँदाको खुशिका साथै आफुले अभिनय गरेको फिल्मको ठुलो सफलता पछि रजनीले राजेश हमाल सँग फिल्म खेल्ने चाहाना रहेको बताईन् । परदेशी फिल्मको सफलता कार्यक्रममा उपस्थित रजनी धेरै खुशि मुद्रामा देखिएकी थिईन् । रजनीले अभिनय गरेको फिल्महरुमा आफुभन्द सिनियरहर सँग काम गर्न पाएकोमा भाग्यामानी ठानेकी बताउँछिन् । गोर्खा पल्टन जस्ता सुपरहिट फिल्म खेलिसकेका ईन्डियन आईडल प्रशान्त तामाङ् सँग काम गर्न पाउदा रजनीको खुशिको सिमा नै थिएन ।

vlcsnap-4533-07-12-09h27m26s349
लोफर फिल्मबाट पर्दामा देखिएकी रजनीले ब्रासलेट फिल्ममा पनि अभिनय गरकी छिन् । रजनीले अभिनय गरेकी फिल्म ब्रासलेट पनि परदेशी फिल्म जस्तै सफल फिल्म बनेको बताएकी छिन् । लोफर फिल्मले भने रजनलिाई त्यति माथि उठाउन सकेनन् । तर परदेशी फिल्मले भने रजनीलाई अर्कै पहिचान दिएको छ ।जस्तोसुकै समस्यहरुलाई पनि पार गर्दै अघि बड्ने लक्ष्य रहेको पनि खुलासा गरीन् । अहिले सम्म आफुभन्दा सिनियरहरु सँगमा मात्र काम गर्न पाएकोमा खुशि व्यक्त गर्दै महानायक राजेश हमाल सँग फिल्म खेल्ने चाहाना रहेको पनि बताएकी छिन् ।

LIVE TV