२० पुष २०७२, सोमबार

 

काठमाडौं उपत्यकाको प्राचीन शहर मध्येको एक टोखाको आफ्नै शालिन इतिहास छ । अझै पनि आफ्नो इतिहासलाई जीवन्त राख्न सफल टोखाले पुरानो परिचय गुम्न नदिन भरथेग मेहनत पनि गरिरहेकै छ । धार्मिक तथा सांस्कृतिकरुपमा धनी टोखाको अर्को परिचय हो चाकु । यो गुलियो चाकु भित्र टोखाको विशिष्ठताको पनि झल्को पाइन्छ । माघे संक्रान्ति नजिकिदै गर्दा काठमाण्डौ टोखाका उद्योगहरुलाई चाकुु बनाउन भ्याइनभ्याई छ । काठमाण्डौको उत्तरी क्षेत्रमा अवस्थित टोखा चाकु उत्पादनका लागि प्रख्यात छ । मंसिर लागेसँगै वजारमा चाकुको माग वढने भएकाले टोखाका चाकु उद्योगहरुको व्यस्तता पनि बढ्दै आएको छ । माघे संक्रान्तिलाई लक्षित गरि वनाइने चाकुको लागि कच्चा पदार्थ सक्खर भने तराई मधेस तथा भारतवाट मगाउने गरेको उद्योगीहरु वताउँछन । उसो त चाकु उत्पादन सुरु गर्दा टोखा क्षेत्रमै प्रसस्त मात्रामा उखु खेती हुने गरेको र वढदो जनसंख्या सँगै वनेका घरहरुले उखु खेतीलाई विस्थापित गरेको छ । अहिले उखु खेती टोखा क्षेत्रमा नगन्य मात्रामा गर्ने गरेको पाइन्छ । उखु मासिए पनि टोखाले आफ्नो परिचय संगालिएको चाकु भने मासिन दिएको छैन् । टोखामा चाकु बनाउन पनि आफ्नै परम्परागत विशिष्ट विधि अपनाइदै आएको छ । चाकु खाँदा जाडो महिनामा शरीरलाई न्यानो राख्ने भएकाले पनि यसको प्रयोग गर्ने गरिन्छ । चाकु खाँदा सुुत्केरी महिलाहरुको दुध बढ्ने भएकाले यसले धेरै फइदा गर्ने स्थानीय चाकु उत्पादकहरु व्यवसायीहर वताउँछन । चाकुलाई राम्रो आकार दिन वजारमा पाइने चाकुहरुमा विभिन्न रसायन प्रयोग गरिए पनि टोखाका उद्योगहरुमा त्यस्तो नगरिएको व्यवसायीहरुको दावी छ ।नेवार समुदायमा प्रचलित चाकु प्रतिको मोह आजभोली सवै समुदायमा छाइसकेको छ । झनै जाडोयाममा वनाइने चाकुले शरिरलाई धेरै फाइदा गर्नेभएकाले पनि यसप्रतिको स्वास्थ्यका हिसाबले पनि आकर्षण बढेको पाइन्छ ।

 

 

 

LIVE TV