
सोमवार सेयर बजार ६ दशमलव २२ अंकले घटेर १ हजार १ सय ५४ दशमलव ६२ अकंमा कारोवार भएको नेपाल स्टक एक्चेनसजले जनाएको छ । रोल…
सोमवार दिनभरीमा ४९ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । १ सय २९ कम्पनीका सात लाख चार हजार २२ कित्ता सेयर किनबेच भएको हो । फाइनान्स र उत्पादनमूलक वाहेक सबै उपसुचक ओरालो लागेका छन् । अन्य सुचक स्थिर छ । एनआइसी एसियाको चार करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । हिमालयन जनरल इन्स्योरेन्सको तीन करोड ६९ लाख, युनाइटेड इन्स्योरेन्सको दुई करोड ६३ लाख, प्रिमियर इन्स्योरेन्सको दुई करोड ४६ लाख, नेशनल लाइफ दुई करोड ३३ लाख, प्रुडेन्सियल इन्स्योरेन्स दुई करोड १७ लाखको किनबेच भएको छ । यसैगरी प्राइम लाइफ दुई करोड, एसियन लाइफ एक करोड २१ लाख, डिप्रोक्स डेभलपमेन्ट बैंक एक करोड २० लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसन एक करोड १२ लाखको सेयर किनबेच भएको छ । बैंक तथा वित्तीय संस्थाको लाभांस करिव करिव घोषणा भइसकेकाले बिमातिर लगानीकर्ता आकर्षित भएको हुनसक्ने व्रोकरहरुले बताएका छन् ।