
गायक भुवन प्यासिको यो देशको लागी म भन्ने गीति एल्बम सार्वजनिक भएको छ । एल्बमको नाम नै देश भक्ति रहेको उक्त एल्बम काठमाडौंको एक कार्यक्रम मार्फत विमोचन गरीएको हो । राजेन्द्र बजागाईँ र प्रभात सुवेदीको शब्दमा भुवन प्यासि र पारु शाहीको स्वर रहेको छ । राजेन्द्र बजागाईँ को एकल संगित रहेको उक्त गीतहरुको म्युजिक भिडियो सहितको एल्बम सार्वजनिक गरीको हो । दिपक खाँडको निर्देशनमा नेपाल प्रहरीमा कार्यरत चर्चित एस.एस. पि. रमेश खरेल र उर्मिला राय माझिले अभिनय गरेका छन् ।
यो देशको लागी म एल्बम विमोचन कार्यक्रममा हामी भित्रको परिभाषा बुझेर राष्ट्रको लागी केही गर्नु पर्छ भन्ने भावनाले प्रेरित भएर यस एल्बम दिपक खाँडले ल्याएको हो । यसै एल्बमको म्युजिक भिडियोमा चर्चित देशभक्ति रमेश खरेलको अभिनयलाई पनि प्रशंसा गर्दै केहि वक्ताहरुले आफ्नो मन्तव्य पनि एल्बम विमोचन कार्यक्रममा राखेको थिए ।
यो देशको लागि म भन्ने एल्बमको गीतहरुमा अभिनय गरेकी मोडल उर्मिला रायमाझिले पनि आफुले राम्रो अभिनय गरेको हुनाले सबैले मन पराउने आशा राखेकी छिन् ।