२० पुष २०७२, सोमबार

कार्तिक तिन गतेबाट प्रदर्शनमा आएको फिल्म परदेशी ले ७५ दिन सम्म हलमा चलेको खुशियालीमा काठमाडौंमा कार्यक्रमनै आयोजन गरेको हो । फिल्म हलमा लागेको एक साता नै टिक्न गाह्रो परिरहेको समयमा ७५ दिन चल्यो भन्दा अचम्म लाग्न सक्छ । गतिलो व्यापार गर्ने फिल्महरु पनि ३ सातामै हलहरुबाट बिदा माग्दछन् । अहिलेको समयमा एक सातानै टिक्न मुस्किल परिरहेको बेला परदेशी फिल्म ७५ दिन हलमा लागेको खुसियाली कार्यक्रम मनाएको छ । नारायन रायमाझिको निर्देशनमा राजेश वंशलिले निर्माण गरेको परदेशी फिल्म काठमाडौंको केही हलहरुमा ७५ दिन चलेको हो । अझैं पनि केही हलहरमा चलिरहेको उक्त फिल्मका निर्याताले खुसियाली कार्यक्रममा बताएका छन् ।

vlcsnap-4683-01-11-19h46m02s581

विदेश जाने नेपालीले भोगेको भोगाईको मर्मस्पर्शिलाई यथार्थ रुपमा देखाउन खोजिएको फिल्म परदेशी मा प्रशान्त तामाङ्ग, रजनी के.सि., नरेन खड्का लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । कार्यक्रममा चलचित्र सँग आबद्ध प्राविधिक, कलाकारहरुलाई मायाको चिनो प्रदान गरीयो । त्यस्तै फिल्म चलेका अधिकांश हलहरुलाई पनि सम्मान प्रदान गरीएको थियो । फिल्म सफल बनाउनका लागि अहम भुमिका खेलेका रंग पत्रकारहरुलाई पनि निर्माण टोलिबाट मायाको चिनो प्रदान गरीएको थियो । चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई ले मायाको चिनो वितरण गरेका थिए । चलचित्र बिकास बोर्डका अध्यक्ष राई ले कुनै फिल्मले ७५ दिन मनाउनु बनेको सिंगो फिल्म क्षेत्रकै सफलता हो भन्दै आफ्नो मन्तव्य पनि राखेका थिए । संविधानविद् भिमार्जुन आचार्यले परदेशी फिल्म ३ पटक हेरेको पनि बताए । निर्माता छवि राज ओझा र चलचित्र पत्रकार महासंघका अध्यक्ष शान्तिप्रियले परदेशी युनिटलाई बधाई दिएका थिए । यस सफल कार्यक्रममा कलाकारद्धय रजनी के.सि. र नरेन खड्का उपस्थित भए पनि प्रशान्त तामाङ्ग भने देखिएनन् । चलचित्रले करीब चार करोड निर्मातालाई हस्तान्तरण गरेको देखियो तर के कति कमाई गरेको भने जानकारी गराएनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV