२० पुष २०७२, सोमबार

शिया धर्मगुरु निमर अल निमरलाई मृत्युदण्ड दिएपछि साउदी अरबले ईरानसंगको कुटनितिक सम्बन्ध तोडेको छ । धर्मगुरुलाई मृत्युदण्ड दिएपछि उत्कर्षमा पुगेको साउदी अरब र ईरानबीचको सम्बन्ध अन्ततः कूटनीतिक टकरावमा पुगेको हो । मृत्युदण्डको विषयलाई लिएर ईरान आक्रोशित बनिरहेकै अबस्थामा साउदी अरबले ईरानसँगको सबै कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको हो । साउदी विदेशमन्त्री अदेल अल जुबेरले सबै ईरानी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र साउदी अरबिया छाड्न निर्देशन दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैगरी उसले ईरानमा रहेका आफ्ना कूटनीतिज्ञलाई पनि फिर्ता बोलाएको छ । यसअघि ईरानका शिया धर्मगुरु आयोतुल्ला अहमद खामेनीले मृत्युदण्डको घटनालाई गम्भीर अपराधको संज्ञा दिँदै निन्दा गरेका थिए । धर्मगुरुलाई मृत्युदण्ड दिएको भन्दै ईरानसहित अरब क्षेत्रमा शिया धार्मिक समुदायले साउदीको आलोचना गर्दै प्रदर्शन गरेका छन् । अमेरिका तथा संयुक्त राष्ट्रसंघले पनि यो घटनाले अरब क्षेत्रमा नश्लीय तनाव बढ्ने खतरा बढ्ने चेतावनी दिएका छन् । साउदी आन्तरिक मामला मन्त्रालयले आतंकवादी अपराधमा संलग्न रहेको भन्दै शेख निमरसहित ४७ जनालाई शनीबार मृत्युदण्ड दिएको थियो । सन् २०११ मा पूर्वी प्रान्तमा चर्किएको सरकार विरोधी प्रदर्शन समर्थन गरेको आरोपमा धर्म गुरु निमरलाई मृत्युदण्ड दिइएको हो ।

 

A Yemeni protester holds a picture of Sheikh Nimr in 2014

 

Iranian protesters hold posters of executed Shia cleric Nimr al-Nimr outside Saudi embassy in Tehran, 3 Jan 16

 

 

LIVE TV