२० पुष २०७२, सोमबार

काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राजदूत रणजित रायबीच आइतबार भेटवार्ता भएको छ ।

भेटमा भारतले गरेको अघोषित नाकाबन्दी अन्त्य गर्नेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

prachandarey

“अध्यक्षले भारतले गरेको नाकाबन्दी चाँडोभन्दा चाँडो अन्त्य होस् भन्ने आग्रह गर्नुभयो”, प्रचण्डको सचिवालयले जानकारी दिँदै भनेको छ, “राजदूत रायले भारतले पनि समस्या समाधान होस् भन्ने चाहेको बताउनुभयो ।”

मधेशी दलसँग सरकारले निर्णायक वार्ता गर्ने भनिरहेको बेला भएको भेटबारे विस्तृत विवरण दिइएको छैन ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र रायबीच मधेश आन्दोलनबारे पनि छलफल भएको थियो । राजेश चाम्लिङ राई ले गोरखापत्रमा लेख्नु भएको छ ।

 

LIVE TV