२० पुष २०७२, सोमबार
भारतले लगाएको नाबाबन्दीसँगै नेपालमा खाने तेलको मूल्य अकासियो। उपभोक्ताले दोब्बरसम्म मूल्य तिरेर तेल किनिरहेका छन्। ४ महिनाअघि प्रतिलिटर १ सय २० रुपैयाँ पर्ने तोरीको तेल अहिले बढेर २ सय ५० रुपैयाँ नाघिसकेको छ। कारोबार दैनिकमा समाचार छ।
tori
खान्कीमा नभई नहुने तनेल नै छोइनसक्नु भएपछि पर्वतमा कृषक आफैँले तेल उत्पादन गर्न जुर्मुराएका छन्। चित्रे–६ की सविना एसीको परिवारले १५ वर्षपछि यसपटक तोरी छर्यो। उनी सधैँजसो बजारबाट किनेरै तेल प्रयोग गर्थिन्।
भारतीय नाकाबन्दीले मुलुकमा खाद्यान्नसँगै हेरक वस्तु महंगिएपछि परनिर्भरता तोड्न तोरी छरेको बताउने सविनावजस्तै गाउँमा अरुले पनि बर्षौपछि अहिले तोरी लगाएका छन् ।
तन्नेगरीहरु गाउँ छाडेर सहर र विदेश जान थालेपछि खेताला अभाववीच अधिकांश खेतबारी बाँझा भएको उनले सुनाइन्।
 

LIVE TV