२० पुष २०७२, सोमबार

राजस्व छलेर ल्याइएको सुन बरामदको घटनामा मुख्य आरोपितलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यलय काठमाडौँको निर्णयमाथि संसदको सार्वजनिक लेखा समितिले छानविन थालेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

Gold bars

श्ंकास्पद ढंगले निर्णय भएको बताउँदै समितिको आइतवारको बैठकले यसबारे थप अध्ययन थाल्ने निर्णय गरेको हो। समितिका सदस्यहरुले दसीप्रमाणका आधार बनाएर भरियालाई बलिको बोको बनाइएको र योजनाकारलाई बदनियपूर्ण रुपमा छुटाइएको बताउँदै थप छानविन गर्न माग गरेका हुन् ।

 

पक्राउ परेका अन्य अभियुक्तले न्युरोडस्थित द युनाइटेड गोल्ड मार्टका सञ्चालक आकाशकुमार बज्राचार्यको योजनामा सुन तस्करी गरेको निष्कर्ष प्रहरीले निकालेको थियो।

 

सोही घटनालाई संगठित अपराधको आरोपमा कारबाही चलाउन खोज्दा मिसिलमा बस्तुनिष्ठ प्रमाण नदेखिएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीमा फाइल फिर्ता पठाएको छ।

 

LIVE TV