२० पुष २०७२, सोमबार

भारतले लगाएको नाकाबन्दीपछि बढेको इन्धन कालोबजारीले १० अर्बभन्दा बढी नेपाली रुपैयाँ नेपाल-भारत सीमामा होल्ड भएर बसेको छ ।

भारतीय रुपैयाँ साट्न नपाई ठूलो परिमाणमा होल्ड भएको यस्तो रकमका कारण नेपाली बजारमा भारुको अभाव झनै बढ्ने छ । भारु साट्न नपाएपछि विकल्पमा सुनचाँदीबाट भुक्तानी हुँदा यसको अवैधानिक कारोबार बढेको अन्नपूर्ण पोस्टमा खबर छ ।

money

नाकाबन्दीपछि नेपाली उपभोक्ताले तस्करीबाट पेट्रोलियम पदार्थ खरिद गर्दा खर्च गरेको रकम भारु साट्न नपाएका कारण सिमानामा होल्ड भएको हो । नेपाली रुपैयाँ होल्ड भएको अनौपचारिक जानकारी राष्ट्र बैंकमा पनि आइपुगेको छ ।

इन्धन तस्करीले भारुको माग बढेपछि भारतीय रुपैयाँ एक सयको एक सय ८० रुपैयाँसम्ममा किनबेच हुन थालेको छ । अहिले बजारमा भारतीय रुपैयाँ एक सयको एक सय ६० रुपैयाँ पर्छ ।

 

LIVE TV