२० पुष २०७२, सोमबार

दोलखा । दोलखाका भूकम्पपीडितले आगो तापेरै रात बिताउने गरेको बताएका छन् । सरकारले दिन न्यायो राहतस्वरुपको १० हजार रुपैयाँ अझै हात नपारेका पीडितले दैनिकी गुजार्न गाह्रो भएको बताए ।

aagotapdai

बोत्लाङका ६३ वर्षका पूर्णबहादुर कामीले भने ‘राति ओड्ने सिरक र ओछ्याउने डसना पनि छैन । आगो तापेरै रात काट्नुपर्ने सबैको बाध्यता छ ।’ पातलो कमिजमाथि च्यातिएको मैलो ज्याकेटमा भेटिएका पूर्णबहादुरले दाउरा चिर्दै भने, ‘जाडोले लुगलुग कामिन्छ । आगो नबाली रात कटाउन सकिँदैन । दाउरा सकिए के गर्ने होला केही मेलो छैन् ।’

चिसोले सुत्केरी तथा नाबालकको बिचल्ली भएको छ भने वृद्धवृद्धाको अवस्था पनि दयनीय रहेको नयाँ पत्रिकामा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV