२० पुष २०७२, सोमबार

काठमाडौं । छाउनीस्थित सरकारको नाममा आउनुपर्ने करोडौं मूल्य बराबरको करिब १५ रोपनी जग्गासम्बन्धी विवाद अझै टुंगिएको छैन । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा सिंहले दाइजोस्वरुप सो जग्गा आफ्नो भएको दाबी गरेपछि त्यससम्बन्धी विवाद अदालतसम्म पुगेको थियो ।

birendra

१० जेठ ०६२ मा दाइजोका रुपमा बाबु ज्ञानेन्द्र शाहबाट सो जग्गा र त्यसमा बनेको दरबार पाएको, तर नेपाल ट्रस्टले सरकारीकरण गर्न खोजेको भन्दै प्रेरणाले सर्वोच्च अदालतसम्म पुगेपछि विवाद उत्कर्समा पुगेको नयाँ पत्रिकामा खबर छ ।

दिवंगत राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा ल्याउने सरकारी निर्णय भए पनि अदालती प्रक्रियाले अबौंको सम्पत्तिमाथि अझैं प्रश्न उठेको छ ।

 

LIVE TV