१९ पुष २०७२, आईतवार

सुनसरीको इटहरीमा प्रहरी कार्यालय अगाडिबाटै एक व्यवसायी लुटिएका छन् । इटहरी स्थित पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अगाडिबाट इटहरी ५ का ७५ बर्षिय अदुवा व्यवसायी दलबहादुर तामाङलाई अपरिचित व्यक्तिले फ्रुटीमा नशालु पदार्थ खुवाई लुटिएका हुन् । ल्ुटेराहरुले उनको साथबाट करिब ४५ हजार नगद र सुन लुटेर लगेका छन् । बिगत लामो समय देखि पूर्वका अदुवा व्यवसायीका रुपमा परिचित तामाङलाई शनिबार झुक्याएर उनको साथमा रहेको ४५ हजार नगद र सुनको औठी लुटिएको हो । शनिबारसबै प्रहरी एकीकृत माओवादीको कार्यक्रममा व्यस्त भएको मौका छोपी अपरिचित एक व्यक्तिले व्यवसायी तामाङलाई नशालु पदार्थ सेवन गराई नगद र औठी लुट्न सफल भएका थिए । शनिबार इटहरी ५ स्थित पिपल चौकमा साप्ताहिक बजारमा तामाङ अदुवा बिक्रीको लागि बजार आएका थिए । सोही समयमा ती अपरिचित व्यक्तिले अदुवा लिनु छ भन्दै बिहान एक बोतल बियर खुवाएका थिए । पछि फेरी दिउसो १ बजेको समयमा नास्ता खाँन जाँउ भन्दै तामाङलाई फ्रुटी खुवाएका थिए । बजारबाट उनलाई क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको एक होटलमा लगेका थिए । फ्रुटीमा नशालु पर्दाथ प्रयोग गरिएकोले तामाङ सोही स्थानमा बेहोस भई ढलेका थिए । अचेत भएपछि उनको ज्याकेटमा रहेको नगद र पाँैने तोलाको सुनको औठी लिएर ति व्यक्ति फरार भएका थिए । तामाङलाई अर्धचेत भई लडेको अबस्थामा फेला पारेपछि ट्राफिक प्रहरीले इलाका प्रहरी कार्यालय इटहरीलाई जानकारी गराएको थियो । प्रहरीको टोलीले तामाङलाई सामुदायक अस्पताल लगेको थियो । निकै बृद्ध उमेरका व्यवसायी तामाङको अझै राम्ररी होश खुल्न सकेको छैन । ती अपरिचित व्यक्तिले आफू तामाङका नातीको साथी भएको र अदुवा किन्न चाहेको बताएका थिए । तामाङका नाती रामबहादुर तामाङ शसस्त्र प्रहरी बल पकलीमा कार्यरत छन । नाती रामबहादुर तामाङले घटनाको बिषयमा बाजेलाई चिनजान भएको व्यक्तिले लुटेको हुन सक्ने बताए । प्रहरीले लुटेरा पहिचान गर्न आवश्यक छानविन कार्य अगाडि बढाइसकिएको जानकारी दिएको छ ।

a b c b ac

 

 

 

 

LIVE TV