पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै आरम्भ हुने : सरकार



प्रकाशित मिति : Jan 03, 2016

अर्थमन्त्री बिष्णु पौडेलले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चाँडै आरम्भ गरिने बताउँनु भएको छ । उहाँले चीनसंगको ऋण सम्झौतामा भएको ढिलाईका कारण निर्माण कार्यमा बिलम्ब भएको जानकारी पनि दिनुभयो । आईतवार व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा धारणा राख्दै अर्थमन्त्री बिष्णु पौडेलले छिमेकी चीनले दिने भनिएको ऋण सम्झौता गर्न ढिलाई भएको कारण निर्माण कार्य शुरु हुन नसकेको बताउँनुभयो । बर्तमान सरकारले ठूला तथा साना सवै किसिमका आयोजनाहरुलाई उच्च महत्वका साथ अगाडि बढाउन लागेको र यसवारे चाँडै नै जानकारी दिईने उँहाको भनाई थियो ।

 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com