१९ पुष २०७२, आईतवार

भूकम्पले घरवारविहीन बनेका पीडितहरुको अवस्था यतिखेर चिसोले चिहिलविहिल बनेको छ । चिसोको अतिशय कष्ट सहन नसकेका प्रभावित बालबालिकाहरुको चाप राजधानीको कान्ति अस्पतलामा बढेको छ । सरकारसहित धेरै संघसंस्थाहरुले भूकम्प पीडितहरुलाई चिसोबाट बचाउन बिभिन्न राहतको कार्यक्रमको घोषणा गरेपनि बालबालिकाहरुलाई वचाउनै मुस्किलको अवस्था आइलागेको छ ।
पछिल्ला २ दिनमा मात्र कान्ति बाल अस्पतालमा ८४७ जना बिरामी आएका छन् , जस्मा अधिकांश बिरामीहरु भूकम्प प्रभावित क्षेत्रका रहेका छन् । गत बैशाख १२ को विनासकारी भूकम्पबाट घरबार गुमाएका उनीहरुसंग यो पुष को जाडो धान्ने न्यानो लुगा छैन । बढ्दो चिसोका कारण उनीहरुको स्वास्थ्यमा बिभिन्न समस्या देखिन थालेको छ । यतिखेर जसो तसो बिरामी बालबच्चा लिएर कान्ति अस्पताल आइपुगेका उनीहरु सरकारको सहयोगको घोषणा पीडा थप्ने अर्को पाटो भन्दा बढी केही नभएको गुनासो गर्छन । भूकम्प पीडितलाइ दिने भनेको चिसोमा न्यानो लुगाको लागि सहयोग पनि पुषको ठिहीले विदा लिन लाग्दा पनि धेरैको हात र आङमा पुगेको छैन् ।
चिकित्सकका अनुसार चिसोले भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया,भाइरल इन्फेक्सन,रुघाखोकी,कोल्ड डाइरिया जस्ता स्वास्थ्य समस्याहरु देखिएको कान्तिबाल अस्पतालका चिकित्सक बताउछन् । चिसोका कारण धादिङ, नुवाकोट, दोलखा र सिन्धुपाल्चोकबाट अस्पताल पुग्नेहरुको भिड बढेको छ । बढ्दो चिसोले बालबालिका र वृद्धवृद्धहरु बढी प्राभाबित छन् । कान्ति बाल अस्पतालमा मात्र अहिले सयौं भुकम्प प्रभावित क्षेत्रका बालबालिका जीवन र मरणसंग जुझिरहेका छन् । यस्तै स्थिति अन्य अस्पतालहरुमा पनि छ । नागरिकको स्वास्थ्यमा समान पहँुच भन्ने नारा घन्काइरहेको सरकारको कानसम्म चिसोका कारण विरामी भएका भूकम्प पीडितको पीडाको सुस्केरा कहिले पुग्ने हो त्यस्को जवाफ कसैसंग छैन् ।

भूकम्पमा घर भत्किएपछि त्रिपालमा जेनतेन बस्दै आएका पीडितहरुलाई अहिले मध्य पुषको चिसोले सताएको छ । स्थिति कतिसम्म भयावाहपुर्ण बनेको छ भने चिसोकै कारण भूकम्प प्रभावित जिल्ला दोलखामा मात्र १३ जनाको मृत्यु भैसकेको छ । राहत र पुननिर्माणको आशामा त्रिपालमा बस्दै आएका उनीहरुसंग चिसोबाट बच्न न न्यानो लूगा नै छ न त ओड्ने र ओछ्याउँने नै छ त केवल सरकार र दाताहरुले बाँड्दै आएका आश्वासन ।
भूकम्पमा ज्यान जोगाएकाहरुलाई यो पुषको चिसोमा ज्यान जोगाउन मुस्किल परेको छ । यस्तोमा सरकारको सहायोगको नाराले नागरिकको स्वास्थ्य उपचार पहुँचको हकको खिल्ली उडाएको छ । एक पछि अर्को गर्दै चुकेको सरकारले अब त चिसोले चिहिलविहिल बनाएकाहरुमाथि ध्यान पु¥याउन जरुरी छ ।
न्यूज २४ का लागि क्यामरामा विष्णु थापाका साथ टिभी जर्नलिष्ट रिया भण्डारीको रिपोर्ट

LIVE TV