१९ पुष २०७२, आईतवार

शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दे फिल्म लक्ष्य को ट्रेलर सार्वनिक गरीएको हो । ओम किरण फिल्मस्को व्यानरमा तयार भएको फिल्म लक्ष्यमा सविन श्रेष्ठको एक्सन अवतार देखिने भएको छ । लक्ष्य फिल्मलाई ओमलालको निार्मणमा मिलन आले मगरको निर्देन रहेको छ । उक्त फिल्म निर्माण गर्दा विभिन्न समस्यहरु उत्पन्न भए पनि आफुहरुले रामे्रा फिल्म निर्माण गरेको दाबी गरेका छन् ।
नेपाली फिल्म बजारमा एक्सन छविकै कारण व्यस्त बनेका सविनका लागी यो फिल्म कोसेढुङ्गा बन्न सक्ने पनि देखिन्छ । कार्यक्रममा नायक सविनले आफैले चाँडैनै फिल्म निर्माण गर्ने पनि जानकारी दिएका छन् ।
चैतको ५ मा नै सविन श्रेष्ठ अभिनित अर्को फिल्म भाग सानी भाग पनि प्रदर्शनमा आउने भएको छ । एउटै नायकको दुई फिल्महरु एकै चोटि प्रदर्शन हुने भएकोले रोचकका साथै पक्कै घाटा पनि हुने देखिएको छ । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा नाईका अनु शाह भने भने देखिनन् । अनुको अनुपस्थितिमा अर्की कलाकार सारीका के.सि. हाईलाईट बनेकी थिईन् । सारीकाले यस फिल्ममा आबद्ध हुन पाएकोमा खुशि पनि व्यक्त गरेकी थिईन् ।
करीब १५ वर्ष पछि यही फिल्मबाट कलाकार अर्जुन जंग शाही पनि पर्दामा देखिदै छन् । यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सविन श्रेष्ठको साथै सुनिल थापा, सारीका के.सि. अर्जुन जंग शाही उपस्थित भएका थिए । यसै फिल्मका कलाकार सुनिल थापाले राम्रो अभिनय गरेको पनि बताएका छन् । अर्जुन जंग शाही सँग लक्ष्य फिल्ममा धेरै पछि काम गरेको लक्ष्य फिल्ममा मेहेनत गरेकोले यस फिल्मको सफलताको शुभकामना पनि दिएका छन् ।vlcsnap-1607-06-05-06h07m04s881 vlcsnap-3752-03-27-21h14m07s892 vlcsnap-4384-01-09-22h11m59s118 vlcsnap-5286-10-03-16h43m47s463

 

 

 

LIVE TV