१९ पुष २०७२, आईतवार

भारतको अघोषित नाकाबन्दी जारी रहेकै बखत लोडसेडिङको मार पनि बढेको छ । नाकाबन्दीका कारण ग्याँस र पेट्रोलियम पदार्थको अभाव भएका बेला ११ घण्टा लोडसेडिङ भएर आउनु पर्ने विद्युत पनि ट्रान्सफर्मरहरु पड्कदा आउन सकेको छैन जस्को कारण नागरिकहरुले न विद्युतीय सामाग्रीको प्रयोग गरेर खाना पकाउन पाएका छन् न त इन्धनकै प्रयोग गर्नपाएका छन् । यसले सर्वसाधारणको बिचल्ली छ । यसैको आलोचना रआक्रोश सोसल मिडियाहरुमा पनि छाएको छ जसलाई हामीले समेटेका छौं ।

पुरुषोत्तम पोखरेल लेख्नुहुन्छ
खाना पकाउने बेलामा बिजुली उपलब्ध गराउने भनेको थियो,प्रधानमन्त्री १ बर्षमा लोडसेडिङ अन्त्य गर्छु भन्दै गर्दा म बत्ति नभएर मोबाइल बाट सुन्दैछु।

यस्तै अशोक अधिकारीको दुखेसो पनि उस्तै छ
भान्सामा ग्याँस नभएर दाउरा बालिएको छ । बिजुली बत्ति नहुँदा मैनबत्ति बालिएको छ । गाडि चढ्न नसक्दा पैदल हिँँडिएको छ । एकछाक खाएर बस्नुपर्ने अबस्थाको लागि मानसिक रुपमा तयारी गरिँदै छ । सायद हुनसक्छ भोली भोकभोकै मर्न पनि तयार भइएला किनकि शरीरमा राष्ट्यिता र स्वाभिमानको रगत जो बग्या छ ।। तर अहँ गाउँ फर्किएर बाँझै रहेका खेतबारीमा खनजोत गर्ने हिम्मत जुटाउन सकिएको छैन ।। —जय राष्ट्रवाद ।

त्यस्तै सरोज बहादुर खत्री क्षत्रि लेख्नुहुन्छ
बस पाइयो सिट खालि पाइयन
घर आइयो तर बत्ति बाल्न पाइयन
दिक्क

त्यस्तै आफुलाई चुइँकु भन्न रुचाउने लेख्नुहुन्छ ‏
अबुइ चट्याङ हो कि बिजुली बत्ति ? १ सेकेन्ड झिलिक्क हुन्छ फेरि अँध्यारो ।
नेपाल

त्यसतै श्यामस्वेत लेख्नुहुन्छ ‏
यताका कसैले बिजुली बत्ति बल्याकमा बेच्ने गर्या छ ???
मोबाईल चार्ज गर्न पर्ने भयो

त्यस्तै ट्वीटेश्वर ९.६ लेख्नुहुन्छ
जन्तालाई बत्ति बाल्न बिजुली छैन,
सरकारी कार्यालयहरुमा सिटमा कोइ नहुँदा नि हिटर बलेकै हुन्छ !

सर्कुलर जारी गरियोस !

LIVE TV