१९ पुष २०७२, आईतवार

‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ आज तेस्रो अन्तर्रा्ष्ट्रिय टोपी दिवस मनाइयो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुको समूह माइतीघरमा भेलानै भएका थिए ।त्यसैले पनि ढाका टोपी लगाएको फोटो सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भेटिनु कुनै नौलो भयन ! नया बर्षको भन्दापनि टोपी दिबसको अबसरमा सामाजिक सञ्जालमा थुप्रै प्रतिक्रियाहरुको ओइरोनै लाग्यो । यिनै बिषयलाई आज हामीले २४ सोसल मिडियामा समाबेश गरेका छौँ !

आफुलाई लुरे भन्न रुचाउने एक यूवा यस्तो लेख्नुहुन्छ

ए भातमाराहरु,टोपी दिवसको दिन टोपी लगाउदा नाटक भन्नेहरु
दशैमा टीका लाउदा नि नाटक नै हुन्छ होला हैन?
अचम्म छ !
सक्छौ साथ देउ,नत्र बकवास नगर!✋
त्यस्तै प्रकाश निरौला लेख्नुहुन्छ ‏
?टोपी मबथ को?
सबै लाई शुभ कमना??
नेपालीको शिरको टोपी
हिमाल झै अटल छ
अरुको सस्कृतीको सिको नगरौ
आफ्नो रितिरिवाज परम्परामा ध्यान दिउ

धन्यवाद

त्यस्तै विद्यार्थी पिबिएन को ट्वित यस्तो छ
मेरो टोपी कैलाशको शिर जस्तो । मेरो टोपी हिमाली भिर जस्तो । कहिले पनि झुक्न नजान्ने । मेरो टोपी नेपाली वीर जस्तो‘ ढाका टोपी दिवसको शुभकामना !

सन्दिप कोइरालो™ लेख्नुहुन्छ 
सक्छौ भने“ढाका टोपी“दिवसको शुभकामना देउ, शिरमा ढाका टोपी ढल्काएर हिड तर नववर्ष भन्दै २०१६ को शुभकामना नदेउ।
आफ्नो संस्कृतिको रक्षा गर्न सिक।

त्यस्तै परदेशी™ ‏लेख्नुहुन्छ 
प्रधानमन्त्रीले साईकल चढेर देखाउने र जनताले एक दिन ढाका टोपी लगाएर देखाउने राष्ट्रबाद खोक्रा राष्ट्रबाद हुन।
सँधै गरेर देखाउ न बल्ल पत्याऊछौ

त्यस्तै रिबेल लेख्नुहुन्छ
₢ ‏“दार्जि्लिङ घरभएको मान्छेले नेपाली टोपी लायो भने नेपाली रे अनि इटहरी घरभएकोले धोती लायो भने भारतिय रे“हामी पैसाको भन्दा मानसिकताको गरीब छौं!?

त्यस्तै पत्रकार सरिता श्रेष्ठ ढाका टोपी ढाका टोपी लगायको फोटो पोस्ट गर्दै यस्तो लेख्नुहुन्छ

टोपी दिबसको शुभकामना। नेपाली टोपी दिबस मनाउन सुरु गरेको बर्षबाट नै टोपी दिबसको दिन भए पनि टोपी लगाउने गरेको छु…..

LIVE TV