साताको पहिलो दिन आइतबार सुनप्रति तोला २ सय रुपैयाँले घटेको छ । आईतवार सुनको भाउ ४८ हजार कारोवार भएको छ । यसअघि शुक्रबार प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भएको थियो । त्यसै गरी आईतवार तेजाबी सुनको भाउ ४७ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जाएको छ । नयाँ बर्ष २०१६ सम्मको मध्यअवधिसम्म सुनको भाउमा ठूलो बृद्धि नहुने महासंघले जनाएको छ । सोही अवधिसम्म सुनको भाउ बढ्नेभन्दा घट्ने सम्भावना नै बलियो रहेको र अमेरिकाको अर्थतन्त्रले सुनको भाउमा प्रभाव देखाउने व्यवसायीले जनाएको छ । त्यतै चाँदी भने शुक्रबारकै भाउमा कारोवार भएको छ । चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।