१९ पुष २०७२, आईतवार

आधुनिक कृषि प्रणालीको कुरा खुबै हुने भएपनि चल्दै आएको परम्परागत कृषि प्रणालीसँग जोडिएका केहि गतिविधि र प्रविधि समेत अहिले धमाधमविस्थापितहुँदै गएका छन् ।

संरक्षणको अभाव र प्रोत्साहनको कमीकाकारण पछिल्लो समयमा पानीघट्ठहरु संकटमा पर्न थालेकाहुन् । नुवाकोटको काहुँले गाविसमा सदियौदेखि प्रयोगमाआएकात्यस्तापानीघट्ठहरु विद्युतीयमिलको छायाँमा पर्दा धेरै खोलामा खण्डहर बनेका छन् भने कतिचलेपनिनिरन्तर चलाइराख्नसमस्या देखिएको छ । पानीको प्रयोग गरी खोलाका छेउछाउँमा विस्तार गरिएकापानी घट्ठहरु अहिले विस्थापितहुँदै गएका छन् ।परम्परागत कृषि प्रणालीको उपजका रुपमा रहेका यस्ता घट्ठहरु घट्दो प्रयोगकाकारण हराउँदै गएको पाइन्छ । विद्युतीयमिलको विस्तारले यसको अस्तित्वसमेत संकटमा परको छ ।थोरै लगानीमापनि सञ्चालनगर्न सकिने भएपनिपिसानीकालागिअलिलामो समय लाग्ने भएकाकारण पनियसप्रतिको आर्कषण घट्दै गएको कतिपयको भनाइ छ ।

LIVE TV