१९ पुष २०७२, आईतवार

गायक नवल राईले एकल गीतिसंग्रह ‘आश’ सार्वजनिक गरेका छन् । आशमा समेटिएको गीत ‘ताराविना जुन’ बोलको गीतले अहिले चर्चा बटुलिरहेको छ । यस गीतको म्यूजिक भिडियोले पनि चर्चा पाइरहेको छ ।

 

सनम पुरुषको शब्द र ओम प्रकाश राईको संगीतमा गायक नवल राईले गीतमा आवाज भरेका छन् । गीतको भिडियो सार्वजनिक भएपछि दर्शक श्रोतबाट राम्रो प्रतिक्रिया आइरहेको उनी बताउँछन् ।

सुनसरीको इनरुवा निवासी गायक नवल राईले कृष्ण योञ्जनबाट शास्त्रीय संगीत सिकेका हुन् । सुरिलो स्वरका धनि गायक नवलले २०६६ सालबाट औपचारिक रुपमा गायन यात्रा सुरु गरेका हुन् । उनले हालसम्म एक दर्जन भन्दा बढी गीतहरुमा स्वर दिइसकेका छन् ।

 

सज्जा र भुल्न खोजे कलेक्सन एल्बममा स्वर दिइसकेका नवलको आश भने पहिलो एकल एल्बम हो । थोरै गीत गाएर पनि चर्चा बटुल्न सफल गायक नवलले आफ्नो सम्पूर्ण जीवन गायन क्षेत्रमै समर्पित रहने बताए ।

LIVE TV