१९ पुष २०७२, आईतवार

बारा। मधेस आन्दोलनले अहिले तस्कर र स्थानीय व्यापारीहरु मालामाल भएको पाइएको छ । संयुक्त लोकतान्कि मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धनसहितका विभिन्न समूहले जारी राखेको नाकाबन्दीबाट आममधेसी जनता भने निकै मारमा परेका छन् ।

gas

मधेसी जनताको अधिकारका लागि आन्दोलन भनिए पनि त्यसको प्रत्यक्ष फाइदा भने तस्कर र कालोबजारियालाई पुगेको छ ।

 

आन्दोलनले मध्य तराईका बारा, पर्सा र रौतहटका बजारमा राजस्व तिरेर ल्याउने खाद्यान्न सामग्री लत्ता कपडा, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस, रेडिमेड कपडा कस्मेटिक सामानहरुको अभाव छ । तर, तस्कारको समुहले भारतीय सीमावर्ति सहरबाट चोरबाटो हुँदै नेपाल प्रवेश गराएका सामान छ्यापछ्याप्ती पाइन्छ । ती सामान तस्कर र स्थानीय व्यापारीले चौबर मूल्यमा बिक्री गरी सर्वसाधारण ठग्ने काम गर्दै आएका छन् । चोरबाटो प्रयोग गर्दा तस्करहरुले भन्सार तनिरी भारतबाट माल सामान भित्र्याएर लाखौं कमाउन सफल भएका छन् । राजधानी दैनिकमा खबर छ ।

 

LIVE TV