१९ पुष २०७२, आईतवार

सडक महोत्सव मनाउन परिवार र साथीसँग लेकसाइड पुगेकी यशोदा बानियाँले बिहीबार राति कुनै होटलमा कोठा पाइनन् । परिवारसहित साथीहरुसँग अंग्रेजी नयाँ वर्ष मनाउन सडक महोत्सव गएर फर्कंदा राति १२ बजिसकेको थियो । असिनपसिन हुँदै लेकसाइडभरि खोज्दा कोठा नपाएपछि उनी पृथ्वीचोकसम्म पुगिन् । त्यहाँ पनि अवस्था उस्तै थियो । बल्लबल्ल एक होटल सञ्चालकले उनीहरुलाई आफ्नो घरमा लगेर बसाले । यस्तो अवस्था यशोदा मात्रै होइन, अरु सयौं पर्यटकले भोगे ।

tourist

जाल्पारोडस्थित होटल नमस्ते पोखराका सञ्चालक कल्याण बरालले पाहुनाहरुलाई आफ्नो कार्यालय, किचन, स्टाफ रुम हुँदै घरमा समते लगेर राखेको सुनाए । सामान्य दिनमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म पर्ने कोठालाई उनले १५ सय सम्ममा बेचे । ‘कतिलाई त मैले आफ्नै घरमा लगेर राखेँ,’ उनी भन्दै थिए, ‘यस्तो अवस्था वर्षमा एकपटक आउँछ ।’

सडक महोत्सवको दोस्रो दिन सोमबारसम्म ५० प्रतिशत पनि होटलको अकुपेन्सी थिएन । तर, अंग्रेजी नयाँ वर्षको राति एकैदिनका लागि पोखराका होटलले चाप थेग्न सकेनन । आजको कारोबार दैनिकमा खबर छ ।

 

LIVE TV