१९ पुष २०७२, आईतवार

 

काठमाडौं । सरकारी निकायको संलग्नता भएको एक अध्ययनले भूकम्प प्रभावित जिल्लाका २ लाख ४ हजार भूकम्पपीडित उच्च खाद्य संकटमा परेको देखाएको छ । खाद्यान्नको माग नआएको भन्दै सरकारी निकायले अनुदानमा आएको चामल बिक्रीको तयारी गरिरहेको बेला अर्काे सरकारी निकायको तथ्यांकले यस्तो डरलाग्दो तस्बिर बाहिर ल्याएको हो ।

eart

कृषि विकास मन्त्रालयअन्तर्गतको नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप) र विश्व खाद्य कार्यक्रमले युरोपेली संघको सहयोगमा गरेको अध्ययनमा ४८ हजार ६ सय घरधुरीका २ लाख ४ हजार ४ सय भूकम्पपीडित उच्च खाद्य संकटमा परेको देखिएको राजधानी दैनिकमा खबर छ । गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनले यस्तो देखाएको कृषि विकास मन्त्रालयले जनाएको छ । कृषि विकास मन्त्रालयका उपसचिव हेमराज रेग्मीले भूकम्प प्रभावित जिल्लामा गरिएको अध्ययनले खाद्यान्नको अभाव देखाएको बताए । ‘भूकम्पले खाद्यान्न उत्पादनमा ह्रास आउँदा ती जिल्लामा थप समस्या देखिएको छ,’ रेग्मीले भने, ‘भूकम्प प्रभावित जिल्लामा खाद्यान्न सहयोग आवश्यक देखिएको छ ।’

यता, बंगलादेश सरकारले भूकम्पपीडितलाई गत जेठमा पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा आपूर्ति मन्त्रालयले बेच्न निर्देशन दिएको छ भने यसअन्तर्गतको नेपाल खाद्य संस्थानले बेच्ने तयारी गरिरहेको छ । अध्ययनका अनुसार भूकम्प प्रभावित जिल्ला गोरखाका २० गाविस, नुवाकोटका १३, रामेछापका १२, दोलखाका ११, सिन्धुपाल्चोकका ३३ र रसुवाका २ गाविसमा खाद्यान्न संकट देखिएको छ । भूकम्पले गर्दा यो वर्ष मुख्य खाद्यान्नको उत्पादनमा उलेख्य कमी आएकाले ती जिल्लामा थप खाद्य संकट चुलिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV