
-सस्तो मूल्यका हिटर कमसल हुनुका साथै बढी विद्युत् खपत गर्ने किसिमका हुन सक्छन् ।
-सम्भव भएसम्म कम विद्युत् खपत गर्ने हिटर नै प्रयोग गर्नुपर्छ ।
-हिटर बालेको स्थानमा केटाकेटीलाई एक्लै छाड्नु हुँदैन ।
-हिटरको धेरै नजिक बस्नु राम्रो होइन ।
-हिटर ताप्दा छेवैमा सानो भाँडामा पानी पनि राख्नुपर्छ ।
-बाहिर निस्कनुअघि हिटरको स्विच बन्द गर्न बिर्सनु हुँदैन ।
-सकेसम्म राम्रो गुणस्तर एवं ब्रान्डको हिटर प्रयोग गर्नुपर्छ ।