१८ पुष २०७२, शनिबार

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ‘मन्त्रिमण्डलको विस्तार’लाई अन्यथा रुपमा नलिन आग्रह गरेका छन । ‘संविधान निर्माणमा सबै दलको योगदान प्रभावकारी रहेको र साना वा ठूला दलको कुरा नभई सबैको भूमिका महत्वपूर्ण रहेकाले मन्त्रिमण्डल विस्तारलाई अन्यथा लिनुहुँदैन’ मन्त्री राई विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग भने ।

Sherdhan-Rai-UML

उनले अघोषित नाकाबन्दी र त्यसबाट सिर्जना भएको मानवीय सङ्कट चाँडै अन्त्य हुने दावी समेत गरे । समस्यालाई समाधान गर्न सरकारले ठोस प्रस्ताव सार्वजनिक गरेको र त्यसमाथि अनौपचारिक वार्ता जारी रहेकाले छिट्टै नै सरकारले औपचारिक वार्ताका लागि मिति तोक्ने जानकारी उनले दिए ।

उनले मधेसी मोर्चासँग वार्ताको माध्यमबाट असमझदारी र अन्यौलता हटिसकेकाले मुलुकले चाँडै निकास पाउने स्पष्ट पारे ।

 

LIVE TV