
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संविधान घोषणा हुँदा संविधान वन्न नदिने तत्वहरुले संविधान वनेपछि आँसु झारेको जिकिर गर्नु भएको छ । आफुहरु त्यस्ता तत्वहरुको आँसु पुछिदिने वाहेक केही पनि गर्न नसक्ने समेत पनि उहाँले प्रष्ट पार्नुभएको छ । नेपाल ईन्जिनियर्स एशोसिएसनद्धारा शनिवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान संविधानलाई जनताद्धारा निर्वाचित वहुमत संविधानसभाका सदस्यहरुको समर्थन गरेको दावी गर्नुभयो । विगतमा संविधान जारी हुन नदिने तत्वहरुलाई असफल पारेको तथ्य प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले अव पनि सवै तत्वहरुलाई परास्त गर्दै अगाडि वढने दृढता व्यक्त गर्नुभयो ।
भूकम्प गएको आठ महिना वित्दा पनि सरकार के हेरेर वसेको भन्ने नेपाली काँग्रेसको आरोप पनि प्रधानमन्त्री ओलीले प्रतिबाद गर्नुभयो । आफु भूकम्प गएको छ महिना पछि मात्रै प्रधानमन्त्री भएको र अव पुनः निर्माणको काम फटाफट अगाडि वढाउने उहाँको प्रष्टोक्ति थियो । एक प्रसङगमा प्रधानमन्त्री ओलीले जलस्रोतको धनी देश नेपालले दक्षिण एशियामा शवैभन्दा पहिले जल विद्युत उत्पादन गरे पनि घण्टौ लोडसेडिङको सामना गर्नु दुर्भाग्य भएको वताउनुभयो । साथै उहाँले एक वर्ष भित्र नेपाललाई लोडसेडिङ मुक्त गर्ने अडान पनि दोहो¥याउनु भयो ।