१८ पुष २०७२, शनिबार

राज्यले लगानी गरेका हरेक विकास निर्माण र मानवीय विकासका कामहरु अलपत्र परेका प्रसस्तै उदाहरणहरु देख्न पाईन्छ । भएका कामहरु पनि तोकिएको मापदण्ड, गुणस्तर र निर्धारित समय भित्र भएको पाईदैन । तर पर्वतका विकट गाउँमा क्रियाशील नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च र बाल क्लवहरु बिना अनुदानको विकासमा सक्रिय हुन थालेका छन् । दक्षिण पर्वतका ९ गाविसमा ९ वटा गाविसका प्रत्ये वडामा नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च बाल क्लव बिना अनुदानको विकासमा सक्रिय बनेका हुन् । उनीहरुले गाउँमा हुने हरेक विकास निर्माण तथा मानव विकासका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन भूमिका खेल्दै आएका छन् । गाविसमा आउने बजेटको प्रभावकारी कार्यान्वयन गराउनका लागि महिला, दलित, जनजाति, गरिब तथा तल्लो बर्गका नागरिकको उत्थानका लागि पनि उनिहरु सक्रिय हुने गरेका छन् । पर्वतको हुवास, त्रिवेणी, बेउलीवास, टकलाक, शालिग्राम, उरामपोखरा, वहाकी, रानीपानी र बर्राचौरमा उनिहरुले धेरै परिवर्तन समेत गरेका छन् ।

vlcsnap-2016-01-02-17h21m31s109

जिल्ला विकास समिति अन्तर्गत सञ्चालित स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडीपि अन्तर्गत सामाजिक परिचालन कार्यक्रम अन्तर्गत गठ भएका नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च र बाल क्लव आफ्नो गाउँको विकासमा सक्रिय भएर लाग्न थालेका हुन् । उनिहरुले गाउँमा बृक्षारोपण, झोलुङ्गे पुल तथा सडक र गोरेटो बाटो मर्मत, नियमीत गाउँ तथा सडकको सरसफाई, खानेपानीका धारा तथा कुँवा मर्मत, प्लाष्टीक मुक्त गाउँ, कागज तथा फोहोर संकलन, पुर्ण सरसफाईयुक्त वार्ड घोषणा, तथा जुवातार र मदिरा नियन्त्रण जस्ता कार्यक्रमा सक्रियता बढाएको सामाजिक परिचालन कार्यक्रम संयोजक टिकाराम भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम लागु भएका गाउँहरुमा स्थानियहरुले निकै परिवर्तन गराएका छन् ।
गाउँमै उपलव्ध स्थानीय श्रोत र साधनको प्रयोग गरी वैठक कक्ष, समाज घर जस्ता भवनहरु निर्माण समेत गर्न थालेको भुषालले जानकरी दिनुभयो । उहाँका अनुसार ९ वटै गाविसका ८१ वटै वडामा सामुदायिक भवन तथा समाज घर निर्माण हुन थालेका छन् । यसैबीच त्रिवेणी गाविस–१ अधिकारीचौरमा भने संयुक्त वैठक भवन निर्माण भएको छ ।

LIVE TV