१८ पुष २०७२, शनिबार

बुद्ध जन्मस्थल लुम्बिनीमा प्रबज्या अर्थात सामुहिक रुपमा भिक्षु बनेकाहरुका लागि भिक्षाटन,बौद्ध देशना,ध्यान प्रबचन कार्यक्रम आयोजना भएको छ । तराई मधेश आन्दोलन र लुम्बिनी बिकाश कोषका कर्मचारीले बिभिन्न माग राख्दै जारी राखेको आन्दोलनका कारण लुम्बिनीमा आध्यात्मिक गतिविधिनै ठप्प भएको समयमा धम्मकाया प्रतिष्ठान थाईल्याण्डको आयोजनामा भएको कार्यक्रमले लुम्बिनीको आध्यात्मिक गतिविधिलाई एकाएक बढाएको छ ।
बिगत ५ महिना देखि आध्यात्मिक गतिविधि शून्य भएको बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबारबाट सुरु भएको भिक्षाटन,बौद्ध देशना,ध्यान प्रबचन लगायतका कार्यक्रमले आध्यात्मिक गतिविधिले पुर्नजीवन पाएको छ । थाईल्याण्डको एक प्रमुख बौद्ध सस्था धम्मकाया प्रतिष्ठानको आयोजनामा काठमाण्डौको बिश्व शान्ति बिहारमा भएको १ सय ५० जनाको सामुहिक प्रबज्या कार्यक्रम पछि बुद्ध जन्मस्थल लुम्बिनी आएका उनिहरुलाई लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीको संयोजनामा गरिएको भिक्षाटन,बौद्ध देशना तथा यात्रा,ध्यान एबं प्रबचन कार्यक्रम आयोजना भए पछि पुनः आध्यात्मिक गतिविधि सुरु भएको हो । बुद्धको जीवनी,लुम्बिनीको महत्व, बौद्ध शिक्षाको उद्धेश्य ,बुद्धले पाएको कष्ट र भिक्षुको जीबन आदिको अनुभब कस्तो थियो भन्ने थाहा पाउन सामुहिक रुपमा प्रबज्या अर्थात एकै पटक धेरैलाई भिक्षु बनाउने गरिन्छ । प्रबज्या कार्यक्रममा अस्थायी रुपमा भिक्षु बनाई बुद्धको उपदेश प्रदान गरिन्छ भने प्रबज्या १८ दिन चल्छ । यही प्रबज्या मार्फत कोही भने स्थायी रुपमै भिक्षु बन्ने गर्दछन् । यस्तो कार्यक्रमले लुम्बिनीको प्रबद्र्धन गर्न सहयोग गर्ने आयोजक संस्था धम्मकाया फाउण्डेशनका बिदेश बिभाग उप प्रमुख भिक्षु किट्टीपोंगले बताउनु भयो ।
vlcsnap-2016-01-02-17h16m53s147
सामुहिक रुपमा प्रबज्जीत भएका १५० जना भिक्षुहरुलाई सामुहिक रुपमा भिक्षा समेत दिईएको छ । बुद्ध धर्म अनुसार शाक्यमुनिहरुमा एक दिन भिक्षु बन्नै पर्छ भन्ने मान्यता रहेको छ । भिक्षाटन स्वादका लागि नभई ज्यान सुरक्षित राख्न गरीने भन्ने बौद्ध धर्ममा उल्लेख रहेको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेय महास्थवीरले बताउनु भयो । प्रबज्या निकै कठिन कार्यक्रम हो । सुगर,प्रेसर,बिरामी परेकाहरुलाई यो कार्यक्रममा सहभागी गराउन मिल्दैन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV