१८ पुष २०७२, शनिबार

गत भदौमा ६ महिनाका लागि नेपाली राष्ट्रिय फुटवल टोलीको प्रशिक्षण संहालेका बेल्जियमका पूर्व फुटवलर प्याट्रिक एजम्सले सम्झौता नविकरण नगर्ने बताएका छन । उनले यस्का लागि अखिल नेपाल फुटबल संघ एन्फाको व्यवहारलाई दोषी देखाएका छन् । शनिबार ट्वीटरमार्फत अखिल नेपाल फुटवल संघप्रति असन्तुष्टि ब्यक्त गर्दै प्रशिक्षक एजम्सले सम्झांैता नविकरण नगर्ने घोषणा गरेका हुन । साफ च्याम्पियनसीप फुटवलका लागि भनेर गत भदौको दोस्रो साता नेपाल आएका एजम्सले एन्फाको बोर्डमा फुटवल विकासका लागि आफुले दिएका योजनाहरुको विषयमा केहि प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन । साथै ट्वीट नेपाली फुटवलमा व्यवसायिकता नभएको, भविश्यका लागि योजना नभएको, बिकास परियोजना नभएको लगायतका आरोप लगाएका छन । युवा खेलाडीहरुको जोश भने उल्लेख गर्न लायक रहेको उनले बताएका छन । प्रशिक्षक एजम्सको विषयमा एन्फालाई कुनै जानकारी नभएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताएका छन् । साफ च्याम्पियनसीपको लागि प्रशिक्षण संहाल्न आएका एजम्सको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसीपको समुह चरणमा दुवै खेलमा पराजित भएको थियो भने त्यसअघि बंगलादेशसंगको मैत्रिपूर्ण खेलमा पनि पराजय ब्यहोरेको थियो । खेल मिलेमतोका कारण कप्तानसहित महत्वपूर्ण खेलाडीहरु प्रतिबन्धमा परेपछि नेपालको युवा टोलीले साफमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन ।

vlcsnap-2016-01-02-17h00m03s26

LIVE TV