
प्यूठान नगरपालिका वडा नं. १७ मा शंकास्पद वस्तु फेला परेपछि स्थानीयहरु त्रसित भएका छन् । प्यूठानको प्रमुख व्यापारिक केन्द्र बाग्दुलाबाट ५ सय मिटर पूर्वउत्तरतर्फ झिमरुक नदीको किनारमा शंकास्पद वस्तु भेटिएको हो । स्थानीय कृष्णबहादुर खड्काले विहान साढे सात बजे शंकास्पद बस्तु देखेपछि स्थानीय प्रशासनलाई जानकारी गराएका थिए ।
शंकास्पद बस्तु वम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले सो क्षेत्रलाई नियन्त्रणमा लिइ कार्य अगाडि वढाएको जनाएको छ । शंकास्पद बस्तुमाथि थुप्रै तारहरु तथा घडी समेत देखिएकोले अझ सतर्कताका साथ कार्य अगाडि वढाइएको नेपाली सेनाले जनाएको छ । शंकास्पद बस्तुलाई बम नै भएको भन्दै स्थानीयहरु त्रसित वनेको कृष्णबहादुर खड्काले वताए । झिमरुक नदिको किनारामा बाग्दुला मच्छि सडकखण्डको हाँडिगैरा सडकबाट करिव ५० मिटर टाढा भेटिएको बम कसलाई लक्षित गरिएको हो भन्ने विषयमा समेत केही खुल्न नसकेको खड्काको भनाई छ । नदिमा बालुवा, ढुंगा लिनका लागि ट्रयाक्टर जाने भएकाले सम्भावित दुर्घटनाले स्थानीयहरु त्रसित बनेका छन् ।