१८ पुष २०७२, शनिबार

यो साता शेयर कारोबार रकम गत साताको भन्दा १७ दशमलव ८३ प्रतिशत कमी आएको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५३ कम्पनीहरुको कारोबार भएको छ । शेयर कारोवार १६ हजार १ सय २५ कारोबारबाट एक अर्ब ८३ करोड ६३ लाख ५७ हजार रुपैयाँ बराबरका ३९ लाख ९ हजार तिन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । गत साता १ सय ५८ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २१ हजार ७ सय ८७ कारोबारबाट २ अर्ब २३ करोड ७० लाख ९१ हजार रुपैयाँ बराबरका ३४ लाख ७४ हजार ७ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव ९१ अंकले बढेर अन्तिम दिन १ हजार १ सय ५१ दशमलव ३८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ११ अंकले बढेर २ सय ४६ दशमलव ५४ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम १४ करोड १९ लाख ७० हजार रुपैयाँको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या पाँच लाख २३ हजार कित्ताको आधारमा पनि गरिमा विकास बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या २ हजार ४ सय २० वटाको आधारमा आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्था अग्रस्थानमा रहेको छ ।
STOCK

LIVE TV