१८ पुष २०७२, शनिबार

गत साता निकै चिसो बढेको काठमाडौं उपत्यकामा अब चिसो नबढ्ने मौसम विदहरुले बताएका छन् । अहिलेको अवस्था हेर्दा अब चिसो नबढ्ने अनुमान गरिएको मौसमविदहरुले बताएका हुन् । सामान्यतया जनावरी १५ तारिखसम्ममा न्यूनतम तापक्रम वर्षकै कम हुने भएपनि अहिलेको अवस्था हेर्दा अब धेरै नै तापक्रम घटेर चिसो बढ्ने संभावना निकै कम रहेको मौसम विभागले जनाएको छ । अघिल्लो बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै कम शून्य डिग्री सेल्सियस मापन गरिएको थियो । अब त्यो भन्दा कम हुने संभावना अत्यन्त न्यून रहेको छ । तर अबको ३,४ दिन पहाडी क्षेत्रको मौसममा आंशिक बदली हुने मौसमविद्को अनुमान छ ।

vlcsnap-2016-01-02-15h17m05s198
आज बिहान ४ डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तर पूर्वी पहाडी क्षेत्रका एक दुई ठाउँमा भने बेलुकीपख हल्का पानी पर्ने संभावना छ । पूर्वमा न्यूनचापीय रेखा बनेकाले बिहानैदेखि त्यस क्षेत्रको मौसम धुम्मिएको विभागले जनाएको छ । पानी परेपछि पूर्व केही चिसो बढ्ने अनुमान गरिएको छ । शनिबार पूर्वसँगै पश्चिमी उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको संभावना पनि रहेको छ । देशभरीकै पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको छ ।

LIVE TV