१८ पुष २०७२, शनिबार

वैशाख १२ मा गएको विनाशकारी भूकम्पको नौ महिना पूरा भएको छ । तर परकम्प जाने क्रम भने अझै रोकिएको छैन । आज पनि बिहानै सिन्धुपाल्चोलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान तीन बजेर १५ मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्चे नजिकै केन्द्र बनाएर ४.२ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अहिलेसम्म चार रेक्टर स्केलभन्दा माथिका चार सय २२ भन्दा बढी पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । तर यस्ता पराकम्पहरु खासै खतरनाक नहुने भएकोले डराउँन भने नपर्ने केन्द्रले जनाएको छ ।

earthquake-logo

LIVE TV