
भारतको एयर फोर्स स्टेशनमा आतंककारी हमला भएको छ । शनिवार विहानै पञ्जावस्थित पठानकोट एयर फोर्स स्टेशनमा सेनाको पोशाकमा आएका आतंककारीहरुले हमला गरेका थिए । आतंककारीहरुबाट विहान चार बजेतिर भएको हमलापछि दोहोरो भिडन्त भएको थियो । भिडन्तमा परी ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मारिनेमा ४ जना आतंककारी र दुई जना भारतीय सेनाका जवान रहेका छन् । आतंककारीहरुले एयरफोर्स नजिकैको घरबाट हमला गरेका थिए ।
लामो समयसम्मको भिडन्तपछि अहिले त्यस क्षेत्रलाई प्रहरीले आफ्नो नियनत्रणमा लिएको छ भने ठूलो संख्यामा सेना परिचालन गरिएको छ । आतंककारी को थिए भन्नेबारे भने केही नखुलेको समाचारमा उल्लेख छ ।