
नेपाली फिल्म ईन्डष्ट्रि देखि लिएर बलिउड फिल्म ईन्डष्ट्रि सम्म चर्चित कलाकार सुनिल थापाले नेपाली फिल्म ईन्डष्ट्रिलाई माया गर्ने बताएका छन् । लक्ष्य फिल्मको लागि डविङ्ग गर्न आएका सुनिल थापा अब फेरी मुम्बाई फर्कने तयारीमा छन् । अहीले सुनिल थापाको चर्चा नेपाली फिल्ममा मात्र नभएर छिमेकी राष्ट्र भारतमा पनि उत्तीकै छ । गत वर्ष अभिनय गरेको बलिउड फिल्म मेरीकोमको रीलिज पस्चात उनको नेपालमा मात्र नभएर भारतमा पनि त्यतिकै चर्चा भएको हो ।
बलिउड फिल्म मेरीकोम मा देखिनु भन्दा पहिले नै नेपाली फिल्म क्षेत्रमा धरै चर्चा बटुलसिकेका कलाकार थापाले नेपाली फिल्म उद्याँेग पशुपतिनाथको मन्दिर हो भन्दै नेपाली फिल्म उद्यँोगको प्रसंसा पनि गरेका थिए । लक्ष्य भन्ने फिल्मको डबिङ्ग का लागी नेपाल आएका थापाले छिटै अर्को प्रोजेक्टको लागि मुम्बई फर्किने बताएका छन् ।
नेपाली फिल्महरु रीलीज गर्ने क्रममा सम्पुर्ण नेपाली चलचित्रका निर्माताहरु मिलेर आफ्नो स्वार्थलाई मात्र नहेरीकन मिलाएर रीलीज गर्दा राम्रो हुने पनि बताएका छन् । एकैचोटि धेरै फिल्महरु रीलीज गर्दा राम्रो फिल्मलाई पनि ह्याम्पर हुने बताएका छन् । यो एकै चोटी फिल्महर रीलीज गर्ने पुरानोे चलन भए पनि अबको समयमा प्रोड्युसर तथा निर्माताहरु मिलेर पालै पालो रीलिज गर्दा राम्रो हुने बताउका छन् ।