१८ पुष २०७२, शनिबार

पुस । धनी युवाहरुसँग नजिकिएर होटेलमा पुर्‍याई लुटपाट गर्ने एक यौनकर्मी युवती पक्राउ परेकी छन् । काभ्रे लाकुरीभञ्ज्याङ घर भएकी २४ वर्षीया गीता भनिने वर्षा तिमल्सिनालाई प्रहरीले गत आईतबार पक्राउ गरेको हो ।

women

उनले गत २२ मंसिरमा एक युवकलाई फकाएर होटलमा पुर्‍याई राति धनमाल चोरेकी थिइन् । विदेशबाट फर्किएका कालिकोट घर भएका बम थरका युवकलाई ठमेलको होटल मेट्रोइमा पुर्‍याई उनले सुनका गहना तथा मोबाइल लुटेकी थिइन् ।

होटेलको ३०३ नम्बर कोठामा उनीहरुसँगै सुतेका थिए । बम बिहान ब्यूँझिँदा युवतीले उनका सबै धनमाल लिएर भागिसकेकी थिइन् । अघिल्लो दिन रेस्टुरेन्टमा उनले ति युवतीलाई भेटेका थिए । नयाँ पत्रिकामा खबर छ ।

शारिरीक सम्पर्कका लागि भनेर होटल पुर्‍याई अत्याधिक मदिरा खुवाएर बेहोस बनाएपछि धनमाल लुटेर उनी भागेकी थिइन् ।

उनले दुई तोलाको ब्रासलेट, सबा तोलाको सुनको औंठी तथा एउटा आईफोन चोरेकी थिइन् । चोरी गरेको सामानसहित उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी सीताराम रिजालले बताए ।

 

LIVE TV