१८ पुष २०७२, शनिबार

पुष । छविराज ओझाको ब्यानर लज्जाबाट डेब्यु हुन पाउँदा उसै पनि शिल्पा पोखरेल दंग थिइन्, त्यसमाथि फिल्म सफल भइदियो । छविराज ब्यानरकै दोस्रो फिल्म हवल्दार सुन्तलीले बक्स अफिसमा तहल्का मच्चाएपछि त उनका खुट्टा भुइँमा थिएनन् । फिल्मले पैसा कमाएपछि आफूले अवार्ड जित्छु भन्नेमा विश्वस्त थिइन् सायद ।

shilpa

किनभने, भर्खरै करिअर सुरु गरेका कलाकारलाई अवार्ड जित्ने ठूलो अभिलासा हुन्छ, कम्तीमा फुई हाँक्न । यो वर्ष लागेपछि आधा दर्जनभन्दा बढी अवार्ड आयोजना गरिएन तर शिल्पाको नामोनिसाना कतै सुनिएन । केही विधामा नोमिनेसनमा परे पनि अवार्ड हात लागेन । अवार्डमा प्रियंका कार्की र ऋचा शर्माको दबदबा कायम रह्यो ।

यसरी सकसमा परेकी शिल्पालाई डी सिने अवार्डले सान्त्वना दिएको छ । ५ पुसमा आयोजित समारोहमा लज्जाबाट उनले नवनायिकाको अर्वाड हात पारेकी हुन् । त्यसैले त अवार्ड लिँदै गर्दा शिल्पाका आँखा टिलपिलाएका थिए । ढिलै

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV