१८ पुष २०७२, शनिबार

भूकम्पले घरबाबिहीन भएका पीडितलाई तत्कालीन राहत र अस्थायी आवासका लागि स्थानीय विकास मन्त्रालयले स्थानीय निकायमा पठाएको ५० करोड रुपैयाँमध्ये अधिकांश रकम कार्यविधिविपरित खुद्रै सामान खरिद र वितरणमुखी क्रियाकलापमा खर्च भएको पाइएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

laprak

 

भूकम्प प्रभावित जिल्लाका गाविस र नगरका वडामा त्यसरी खर्च गर्दा ठूलो मात्रामा अनियमितता भएको आशंका स्थानीय विकास मन्त्रालयकै अधिकारीले गरेका छन् । उदाहरणका लागि भूकम्प गएको झन्डै डेढ महिनापछि गोरखाको घ्याल्चोक गाविसले चामल, खाने तेल, मुसुरोको दाल र नुनुमा ९ लाख रुपैयाँ खर्च भएको बिल पेश गर्यो।

 

आरुचनौटे गाविसले पनि भूकम्पपीडितको ९ लाख रुपैयाँ राहत रकम १२ सय १६ बोरा चामल खरिदमा सकाएको छ।

 

मकवानपुरको मनहरि गाविसले भूकम्पपीडितको ततकाल पुनर्बास र राहतका लागि बाँडिएको रकम चापाकल, पाइप, टंकी, इँटा खरिद गरेर झण्डै सााढे ४ लाख रुपैयाँ भुक्तानी गरेको छ। भैँसे गाविसले जनस्वास्थ्य कार्यालयको क्षेत्राधिकार जुध्ने गरी औषधि खरिद गरेको छ।

 

LIVE TV