१८ पुष २०७२, शनिबार

भुइँमा बिछ्याएको गुन्द्री चिस्यानले निथु्रक्कै बन्छ। तपतपी शीत चुहिरहन्छ। बाँसका चिराबाट छिर्ने सिरेटोले मुटु छेड्छ। थाङ्ना काखी च्यापेका भरमा हिउँद कटाउन सास्ती पर्दैछ तुलसीपुर २०, मोतीपुरका कालुरामलाई। ‘जाडो कटाउन गाह्रो भइसक्यो, ६५ वर्षीय उनी भन्छन् ।’ नागरिक दैनिकमा समाचार छ ।

earth

रातभर पालमुनि कठ्यांग्रिने कालुराम बिहानै न्यानो खोज्न बाहिर निस्कन्छन्। तर डमक्कै बस्ती ढाक्ने कुहिरोले मध्यान्ह १२ नबज्दासम्म घाम छिर्न दिँदैन। चिसोले थलिएका उनले खोक्दै भने,‘दिउँसो एकैछिन मात्रै झुलक्क मधुरो घाम लाग्छ, ज्यानै तातिन्न।’ दिनानुदिन बढिरहेको चिसोले कालुरामलाई दमको समस्या देखिएको छ। ‘जहान पनि दमको बिरामी छ, उनले भने,‘आफू कसरी बाँच्ने हो, जहान कसरी बचाउने हो, धौ भइसक्यो ।’

 

२०७१ साल साउन २९ मध्यरातमा उर्लिएको बबई नदीले नांगेझार बनायो। सिरीखुरी बाढीमै गयो, धन्न ज्यान जोगियो। भग्नावशेष सम्याउँदै कालुरामले जेनतेन सानो टहरो हाले । तर बाँस गाडेर त्रिपालले छाएको टहरोले पानी छेक्न सकेन । भल सोहोरेरै बर्खा कटाएका कालुराम अहिले चिसोले खेदिँदै छन्।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV