१८ पुष २०७२, शनिबार

गौशाला । महोत्तरी प्रहरीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१४ बाट आज बिहान १५ वटा खसी बरामद गरेको छ । प्रहरीचौकी भिट्ठामोडबाट खटिगएको गस्ती टोलीले बिहान ६ः०० बजे भारतबाट भन्सार छली चोरी–पैठारी भइआएको १५ वटा खसी बरामद गरेको प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो ।

विगत चार महिनादेखि जिल्लामा चलिरहेको नाकाबन्दीको फाइदा उठाउँदै भारतबाट चोरी तस्करी दिनहुँ सयौँ खसीबोका नेपाल भित्रिने गरेकामा आज बिहान एकै साथ प्रहरीले १५ वटा खसी बरामद गर्न सफल भएको हो ।

khashi

ती खसी प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय भिट्ठामोडमा बुझाउने तयारी गरिरहेको छ ।

यसैगरी महोत्तरीको पूर्वी नाका मटिहानीमा भारतबाट चोरी–पैठारी भइआएको दुई क्विन्टल दाल आज बिहान प्रहरीले बरामद गरेको छ ।
एकाबिहानै भारतको मधवापुर बजारबाट खरिद गरी भन्सार छली चोरी–पैठारी गरी मटिहानी–७ स्थित बाटोमा ल्याइराखेको अवस्थामा सो दाल बरामद गरिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
नाकाबन्दीको मौका छोपी चोरी–तस्करी गरिल्याएको सो दाल प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको छ । रासस

 

LIVE TV