१७ पुष २०७२, शुक्रबार

भारतले गरेको नाकाबन्दी र चार महिना देखिको मधेश आन्दोलनले गर्दा राज्यको समृद्धि र समुन्नतिको प्रमुख श्रोत उद्योग क्षेत्र नै धरासयी हुने स्थितिमा पुगेको छ । यस अवधिमा प्राय उद्योगी व्यवसायीहरु हतोत्साही भएपनि आफ्नो क्षेत्रमा क्रियाशील उपत्यकाका केही उद्योगी व्यवसायी सम्मानित भएका छन् । शुक्रबार ललितपुर उद्योग बाणिज्य संघद्धारा आयोजित ललितपुर उघोग बाणिज्य संघको ३६ औ बार्षिक साधरण सभाको उदघाटन समारोहमा उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले २३ जना उद्योगी व्यवसायीहरुलाई सम्मान गर्नु भएको छ । समारोहमा मुरारकाले राज्यका तर्फबाट उद्योगका लागि केहि सहुलियतका काम नभएको तर जनतालाई छक्याउने खालका राहत कार्यक्रम ल्याएको आरोप लगाउनुभयो । उँहाले चार महिनादेखिको बन्द र हडतालमा राज्य भुमिका विहिन भएकाले मुलुक आर्थिक रुपमा असफल राष्ट् बन्दै गएकाले राज्यले निजी क्षेत्रलाई पनि साथमा लैजानुपर्ने प्रष्ट पार्नुभयो ।
vlcsnap-2016-01-01-19h53m12s238
कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष अजरमान जोशीले महाविनाशकारी भूकम्पले लथालिंग बनाएको उद्योगलाई चार महिनादेखिको नाकाबन्दी र मधेश आन्दोलनले प्रत्यक्ष असर गरेको बताउनभयो ।

पुरस्कृत उद्योगी व्यवसायीहरुले संघको कार्यले आफुहरु उत्साही भएको बताए । उद्योगी व्यवसायीहरु यतिबेला उद्योग क्षेत्रमा भारी संकट आएपनि कर्मचारीलाई सितैमा तलव दिएर भएपनि उद्योग टिकाउने अवस्थामा रहेको बताए ।

राज्यको आर्थिक क्षेत्र भनेको समृद्धि र समुन्नतिको प्रमुख आधर हो यसमा राज्यको ध्यान जानुपर्दछ । यसैले उद्योगमा असर पर्ने गरी भएको आन्दोलन र आन्दोलनकारीहरुका मागहरुलाई राजनितिक र कुटनितीक तबरले चाडै हल गर्न आवश्यक देखिएको छ । vlcsnap-2016-01-01-19h53m12s238

LIVE TV